November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

सुदूरपश्चिमका मन्त्रीसहित सात नेताले बुझाएनन् स्पष्टिकरण

काठमाडौँ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ७ जना सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ ।

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ नबुझाएकाले कारबाहीको तयारी भएको एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिए । स्पष्टिकरण नबुझाउने सात जनालाई कारबाहीका लागि सिफारिस गरिएको उनले जानकारी दिए ।

उनीहरुमाथि सम्भवतः मंगलबार बस्ने एमाले स्थायी कमिटी बैठकले कारबाही गर्ने सम्भावना रहेको छ ।

एमालेले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी मनाकुमारी साउद र अर्चना गहतराज र सचेतक दुर्गा विकलाई स्पष्टीकरण सोधेको थियो

शीर्ष समाचार

धेरै पढिएको