December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

लुम्बिनीमा राष्ट्रिय सभा उप निर्वाचन आज : अंक गणितमा विपक्षी गठबन्धनका पाण्डे अघि

काठमाडौं– लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज (सामेबार) हुँदै छ । उपनिर्वाचनमा एमाले र संयुक्त गठबन्धनबाट गरी दुई जनाको उम्मेदवारी परेको छ। 

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार बनेका छन्।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको  छ।

कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थलको व्यवस्था मिलाइएइको छ भने सबै मतदाताले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ। 

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ। यस निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका जसपाबाट मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पूरक मतदाता नामावलीमा समावेश गर्ने जानकारी दिएको छ। 

चारजना सांसदको नामावली समावेश भएसँगै प्रदेश सभाबाट मतदाता ८३ पुगेका छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता छन्।

२०७६ माघमा १९ जना सांसदको दुई वर्षे पदावधि राष्ट्रिय सभाबाट सकिँदा भएको निर्वाचनमा कांग्रेसले ७ जना सांसद गुमाएको थियो। तत्कालीन समयमा कुल १३ जना सांसदमा सात जना उम्मेदवार नै पराजित हुँदा राष्ट्रिय सभामा कांग्रेस ६ जनामा खुम्चिएको थियो। 

शीर्ष समाचार

धेरै पढिएको