November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

आज देशभर ४३६९ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ४३६९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १०,९८६ पिसीआर र १७८४ ऐन्टिजेन गरी १२,७७० नमुना परीक्षणमा ४३६९ जना संक्रमित थपिएका हुन् ।
आज भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना गरी उपत्यकामा जम्मा १०९३ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३६९ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ५७ हजार ८११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,२०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६२०५ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ७९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ११६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,२७२ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी १ लाख ८ हजार ८९७ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७५६३ जना र होम आइसोलेशनमा १ लाख १ हजार ३३४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १५४५ जना र भेन्टिलेटरमा ४०७ जना उपचाररत छन् । शनिबारको तुलनामा आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्यामा कमी आएको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ७६३ रहेको छ ।

एकसातामा २१हजा ७७५ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो साता गरिएको ६४ हजार ७१९ नमुना परीक्षणमा २१ हजार ७७५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एकसातामा २९ हजार ३५२ जना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको