June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

अध्यक्ष अ‍ोली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबे अगाडि दुवै अध्यक्षबीच भेटवार्ता भएको हो ।

नेताहरुको विवादका कारण नेकपा फूटको संघारमा पुगेको अवस्थामा दुवै अध्यक्षले छलफललाई तिव्रता दिएका हुन् । सोमबार बसेको वान टु वान वार्ता विषयवस्तुमा केन्द्रीत भएको बताइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले दोस्रो तहका नेतालाई बैठकमा सहभागी नगर्ने बताएपछि अहिले दुई जना मात्र बैठकमा सहभागी छन् । नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको हो ।

नेताहरुबीच सहमति हुन नसकेपछि सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको