September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारीमा सरकार

काठमाडौं – सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।

राजधानी लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दै गएको तथा सवारी दुर्घटना पनि बढेको भन्दै पास सिस्टम लागू गर्न लागिएको हो ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) गरेपछि अत्यावश्यक कामका लागिबाहेक अरु कामका लागि सवारी चलाउन नपाइने नियम ल्याएको थियो ।

असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको