September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

गण्डकीमा चार मन्त्रीले लिए सपथ, मनाङे भने अनुपस्थित

पोखरा । गण्डकि प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको स्वास्थ्य अवस्था सुधारिएपछि प्रदेशको मन्त्रीमण्डल पनि विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले चारजना मन्त्री थपेका हुन् । पुन: नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।

नयाँ नियुक्ति हुने मन्त्री किरण गुरूङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा पाएका छन् । भने अन्य तीन मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले कुनै पनि विभागको जिम्मेवारी पाएका छैनन् ।

यद्यपि, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजै मन्त्री भएका चारैजनालाई सपथ ग्रहण गराएकी छन् । त्यस्तै सामाजिक विकास मन्त्रालयलाई टुक्रा पारेर मुख्यमन्त्री गुरुङले दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । तर मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव सभामा पेस हुनुअघि नै उनले राजीनामा दिएपछि मनाङेको पदपनि गएको थियो । हाल पुन: उनिनै मुख्यमन्त्री बनेपछि फेरी मनाङेलाई नै सोही जिम्मेवारी दिएका छन् । तथापि आजको सपथ ग्रहण मनाङे भने अनुपस्थित थिए ।

शीर्ष समाचार

धेरै पढिएको