December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

आजको मौसम : पश्चिमी भागमा वर्षाको सम्भावना

काठमाडौं– भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–तेका कारण नेपालको मौसम परिवर्तन भएको छ। आज दिनभर नै मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। 
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको समेत महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ। 

शीर्ष समाचार

धेरै पढिएको