September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

नेपालमा एकैदिन थपिए २९३ जना कोरोना संक्रमित

काठमाडौं – नेपालमा थप २९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ९ हजार २ सय ३ कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ३२ जना र आज सम्म ६ हजार पाँच सय ४७ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

विगत २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको