December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

सरकारमा आउन जसपालाई ओलीको प्रस्ताव

काठमाडौं– प्रतिनिधि सभाको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार बेलुका प्रधानमन्त्री ओलीसँगकाे भेटपछि आफूनिकट सांसादलाई भेटबारे जानकारी दिँदै जसपा अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले  सरकारमा सहभागी नहुने बताएको जसपाका सांसद एकवाल मियाँले बताए। 

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो साढे दुई बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिँदैछन्।

प्रधानमन्त्रीको प्रस्तावपछि जसपाले तत्काल सरकारमा सहभागी नहुने तर बाहिरै बसेर सहयोग गर्ने प्रतिक्रिया दिएको उनको भनाइ छ। सरकारमा  सहभागी हुँदा पार्टी फुट्ने  सम्भावना भएकाले जसपाले सरकारमा सहभागी नहुने निर्णय गरेको सांसद मियाँले बताए।

प्रधानमन्त्रीले जसपालाई दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन आग्रह गरेको मियाँले बताए। सरकारको समीकरणलाई लिएर जसपामा हाल दुई समूह बनेको छ। महन्थ–राजेन्द्र पक्ष ओलीलाई सघाउनुपर्ने पक्षमा छन् भने अर्को उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्ष ओलीको विपक्षमा छन्। 

शीर्ष समाचार

धेरै पढिएको