June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

गएराति सम्पन्न खेलमा ला लिगा फुटबलअन्तर्गतरियल मड्रिडले जित

काठमाडौं– ला लिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले जित हात पारेको छ। ग्रानाडा विरुद्ध ४–१को जित निकाल्दै रियल ला लिगा अंक तालिकाकाे दोस्रो स्थानमा उक्लिएको हो।

ग्रानाडाको घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिग्यो, अल्भारो ओड्रिनोजोला र करिम बेन्जिमाले गोल गरे । ग्रानाडाका लागि जोर्गे मोलिनाले गोल गरे। 

खेलको १७औँ मिनेटमा गोल गर्दै मोड्रिचले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा रोड्रिग्योले गोल गर्दै अग्रता दोब्बर पारे। 

खेलको ७१औँ मिनेटमा ग्रानाडाका लागि मोलिनाले गोल गर्दै गोल अन्तर कम गर्ने प्रयास गरेका थिए। तर, खेलको ७५औँ मिनेटमा अल्भारो र ७६औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ४–१ को जित दिलाए । 

ला लिगा अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ८० अंक छ। दोस्रोमा रहेको रियलको ७८ तथा तेस्रोमा रहेको बार्सिलोनाको ७६ अंक छ। तीनवटै टिमले अब समान दुई खेल खेल्न बाँकी छ।

शीर्ष समाचार

धेरै पढिएको