September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

ओली – दाहाल निर्णयक वार्ता सुरू

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न नेताहरु छलफलमा जुटेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता सुरु भएको हो । ओली र प्रचण्डबीचको वार्तामा दुई पक्षका चार जना नेता सहभागी रहेको स्रोतले जानकारी दियो ।

आजको बैठकमा ओली पक्षबाट नेकपा महासचिव विष्णु पौडेल र प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंखर पोखरेल सहभागी छन् भने प्रचण्डको पक्षबाट जनार्दशन शर्मा र उर्जामन्त्री वर्षमान पुन सहभागी छन् । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री ओलीले शनिबार मन्त्रीहरुलाई बालुवाटार बोलाएर आफू र राष्ट्रपतिलाई सरकारबाट हटाउने खेल सुरु भएको बताएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

आज बिहान नेकपा अध्यक्ष प्रचण्ण्डसहित नेताहरु झलनाथ खनाल, माधव नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । उनीहरुले ओलीका कारण नेकपा फूटको संघारमा पुगेको भन्दै राष्ट्रपतिलाई सम्झाइदिन आग्रह गरेको स्रोतले जानकारी दियो ।

नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री अ‍ोलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने माग राख्दै आइरहेका छन् । तर, ओलीले आफू दुवै पद नछोड्ने अडान लिइरहेका छन् ।

उनले शनिबार साँझ आफ्नो सरकारका मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफुले दुवै पदबाट छोड्दा मुलुकलाई अन्याय हुने भन्दै राजीनामा नदिने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन नेकपाका उनले अध्यक्ष प्रचण्डसहितका नेताहरुले कानुन व्यवसायीहरुसंग परामर्श गरेको समेत दावी गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको