December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। 

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग आफ्नै निवासमा भएको भेटपछि देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका हुन्। 

बैठक दिउँसो ४ बजे देउवानिवास बूढानीलकण्ठमा बस्नेछ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल  गरिरहेको छ।

यता, जसपाको महन्थ–राजेन्द्र पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको बुझिएको छ। ठाकुरको नेतृत्वमा गठबन्धन सरकार बनाउन कांग्रेस सभापति देउवालाई प्रस्ताव राखेको महन्थ-राजेन्द्रनिकट एक नेताले जानकारी दिए।

राष्ट्रपतिले गठबन्धन सरकार निर्माणका लागि नयाँ प्रधानमन्त्रीको नाम तय गर्न दलहरुलाई दिएको समय बिहीबार सकिँदैछ। 

शीर्ष समाचार

धेरै पढिएको