June 17, 2021, Thursday
२०७८ असार ३, बिहीबार
KN hd tv

मौसम: देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं– अहिले गण्डकी तथा बागमती प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहने विभागको दाबी छ। साथै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ।

अपराह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आज राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका  थोरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

शीर्ष समाचार

धेरै पढिएको