June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

कर्णाली प्रदेशमा दुई मन्त्री थपिए

काठमाडौं । कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्रीमा नियुक्त गरिएको स्रोतले बताएको छ ।

मन्त्रीहरुको बुधबार नै सपथ हुने बताइएको छ । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिएसँगै नयाँ मन्त्री थपिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको