November 26, 2022, Saturday
२०७९ मंसिर १०, शनिबार
KN hd tv

आज थप ९३०५ जनामा कोरोना पुष्टि, १६८ जनाको मृत्यु

काठमाडौं – कोरोनाबाट लगातार तीनदिनसम्म देशभर १५० भन्दा बढी संक्रमितको ज्यान जाने क्रम जारी रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै देशभर थप १ सय ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै देशभर सक्रिय करोना संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ।

आज २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको