December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

बराबरीले बार्सिलोनाको उपाधि होड कमजोर

काठमाडौं– गएराति सम्पन्न खेलमा लेभान्टेसँग बराबरीमा रोकिएसँगै बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा धक्का लागेको छ।

 लिगअन्तर्गत मंगलबार राति भएको खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना लेभान्टेसँग बराबरीमा रोकिएको हो। अवे मैदानमा भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–३ को बराबरीमा रोकियो।

खेलको पहिलो हाफमै दुई गोलको अग्रता बनाएको बार्सिलोनाले अग्रता जोगाउन सकेन। 

खेलको २५ औँ मिनेटमा लियोनल मेस्सी तथा ३४ औँ मिनेटमा पेड्रो गोन्जालेज लोपेजले गोल गरी बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।

लेभान्टेका लागि ५७औँ मिनेटमा गोन्जालो मेलेरो र ५९ औँ मिनेटमा जोसे लुइज मोरालेसले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। ६४औं मिनेटमा उसमान डेम्बेलेले गोलमा पुनः बार्सिलोनाले अग्रता बनाएको थियो।

तर, खेलको ८३ औँ मिनेटमा सर्जिओ लिअनले लेभान्टेका लागि बराबरी गोल गरे। 

बराबरीसँगै जित निकालेर शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई पछि पार्ने र लिगमा बलियो दावेदारी प्रस्तुत गर्ने अवसर बार्सिलोनाले गुमायो।

दोस्रो स्थानमा पुगेको बार्सिलेनाको दुई खेल बाँकी हुँदा ७६ अंक भएको छ भने समान तीन खेल बाँकी रहेको एथ्लेटिको मड्रिडको ७७ तथा तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ।

शीर्ष समाचार

धेरै पढिएको