December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

कोरोना संक्रमणबाट २४ घण्टामै २२५ जनाको मृत्यु, ९ हजार ४८३ संक्रमित

काठमाडौं – कोरोना संक्रमणबाट २४ घण्टामा २२५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ज्यान गुमाएका २२५ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२५ पुगेको छ । सोमबारको तुलनामा आज ८६ जना बढी संक्रमितको मृत्यु भएको हो । यो संख्या अहिलेसम्मकै बढी हो ।

त्यसैगरी २४ घण्टामा गरिएको २०,५९६ पिसीआर र ७२० ऐन्टिजेन गरी २१,३१६ नमुना परीक्षणमा ९,४८३ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका ९,४८३ जनासँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

आज काठमाडौंमा २७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जना गरी उपत्यकामा ३,९२७ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी आज देशैभरी ५,२२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको ५,२२५ जना निको भएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । निको हुनेको यो दर ७५.५ प्रतिशत हो ।

हाल देशैभरी ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा ४४८ जना रहेका छन् । त्यसैगरी नेपालमा हालसम्म २६ लाख ७२ हजार ७२६ वटा कोरोनाको पिसिआर परीक्षण गरिएको छ ।

No photo description available.

शीर्ष समाचार

धेरै पढिएको