June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

भारतमा फैलिएको कोरोनाको दोस्रो लहर विश्वव्यापी चिन्ताको विषय : डब्ल्यूएचओ

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा फैलिएको कोरोनाको दोस्रो लहरको तनावलाई विश्वव्यापी चिन्ताको रूपमा वर्णन गरेको छ। डब्ल्यूएचओले भारतमा सबैभन्दा पहिले फेला परेको नयाँ भेरियन्ट (बी १६१७) ज्यादा संक्रामक भएको र छिटै फैलने सक्ने बताएको छ ।

डब्ल्यूएचओको कोरोनाका प्रमुख मारिया भ्यान केरखोभका अनुसार सानो नमूना आकारमाथि प्रयोगशालामा गरिएको अध्ययनले यो नयाँ भेरियन्ट (बी १६१७ ) मा एन्टिबडीले कम असर गरिरहेको छ ।

सम्भवत : भ्याक्सिनको लागी यो भेरियन्टले प्रतिरोध विकसित गरेको छ

संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीको भनाइ अनुसार कोभिडको यो नयाँ संस्करण गत वर्ष अक्टोबरमा भारतमा पहिलो पटक देखिएको थियो। कोरोना भाइरस को नयाँ संस्करण पुरानो भेरियन्टभन्दा निकै चाँडो सजिलोसंग प्रसारित हुन्छ । सम्भवत : नयाँ भरियन्टले खोप सुरक्षा प्रति केही प्रतिरोध विकसित गर्ने पनि आशंका छ । यस्तो अवस्थामा, डब्ल्यूएचओले यसलाई विश्व स्तरमा चिन्ताको विषयको रूपमा वर्गीकृत गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको