December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका छन् । आइतबार प्रतिनिधि सभामा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ सांसदले मात्रै विश्वासको मत दिएका हुन् ।

संसदमा भएको मत विभाजनमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । जनता समाजवादी पार्टी (जसपा)को पूर्वराजपाका १५ सांसदले मतविभाजनमा तटस्थमा मतदान गरेका थिए । मतविभाजनमा जसपाका १७ भने विपक्षमा मतदान गरेका छन् ।

विश्वासको मत गुमाएसँगै ओलीले प्रधानमन्त्रीको पद पनि गुमाएका छन् । उनी नेतृत्वको सरकार अर्को सरकार नबन्ने समयसम्मका लागि कामचलाउमा परिणत भएको छ ।

योसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणको लागि दलहरुलाई संवैधानिक व्यवस्थाअनुसार आव्हान गर्नुपर्ने भएको छ । हालको सरकार संविधानको धारा ७६ को उपधारा १ बमोजिम बनेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले धारा ७६ को उपधारा २ बमोजिम बहुमतीय सरकार गठनका लागि आव्हान गर्नेछिन् । हाल संसदमा कुनै पनि दलसँग एकल बहुमत छैन् ।

शीर्ष समाचार

धेरै पढिएको