June 16, 2021, Wednesday
२०७८ असार ३, बिहीबार
KN hd tv

माधव पक्षले राजिनामा गर्नै लाग्दा प्रधानमन्त्री ओलीको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदहरुलाई हतारमा कुनै पनि निर्णय नगर्न अपिल गरेका छन् । सामाजिक संझालमा लेख्दै प्रधानमन्त्री ओलीले वाताृ र छलफलबाट नै समस्याको समाधान गर्न सकिने भन्दै सा.सदहरुलाई छलफलमा आउन भनेका छन् । उनले दिउँसो बस्ने संसद बैठकमा आफुले विश्वासको मत लिने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीको आग्रह जस्ताको तस्तै

‘नेकपा एमाले संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।
तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

शीर्ष समाचार

धेरै पढिएको