राष्ट्रपति विरुद्ध महाअभियोगको तयारी भए संसद भंग
काठमाण्डौँ- सत्तारुढ नेकपा भित्रको विवादमा फेरी नयाँ विषयप्रवेश भएको छ ।
शुक्रबार प्रधानमन्त्री केपीओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सकारात्मक कुरा भएको चर्चा भए पनि इतर पक्षले राष्ट्रपति विरुद्ध महाअभियोगको चर्चा गरेको केही समय नबित्दै प्रधानमन्त्री ओली राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने तयारी भए संसद नै भगं गर्ने संकेत दिएका छन् । पुष्पकमल दाहाल र माधव नेपालले राष्ट्रपतिलाई महाअभियोग लगाएर निलम्ब नगर्ने र उपराष्ट्रपति नन्दबहादुर पुनमार्फत प्रक्रिया अघि बढाउने तयारी गरेको आशंकामा प्रधानमन्त्रीओलीले यस्तो तयारी गरेकाहुन् ।
उच्च स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिसँग भेटमा यही विषयमा छलफल गरेका छन् । अनावश्यक चलखेल गरेको भन्दै राष्ट्रपति विरुद्ध महाअभियोग लगाउँनु पर्ने आवाज इतर पक्षमा चलेको थियो । सो सुचना पाए लगत्तै प्रधानमन्त्रीओलीले नयाँ रणनीति तयगर्दे राष्ट्रपतिलाई महाअभियोग लगाउने संस्था नै भगं गरिदिने रणनीति तय गरेको उच्च स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले संसद भंग गरी मध्यवधिमा जाने निष्कर्ष निकालेका छन् । यदीराष्ट्रपतिलाई महाअभियोग लगाउने कुराबाट इतर पक्ष पछि हटे प्रधानमन्त्रीले फरक रणनीति तय गर्ने पनिओली निकट स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले नेकपाका महिला सांसदहरुलाई बोलाएर ओलीको पक्षमा लाग्न लबिङ गरेको चर्चा शनिबार दिनभर भएको थियो ।
प्रतिकृया दिनुहोस्