June 16, 2021, Wednesday
२०७८ असार ३, बिहीबार
KN hd tv

प्रधानमन्त्रीद्वारा आकस्मीक मन्त्रीपरिषद बैठक आह्वान


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकास्मीक बैठक बोलाएका छन् । शनिबार साँझ ५ बजेका लागि मन्त्रीपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । सातामा सोमबार र बिहिबार मन्त्रीपरिषदको नियमति बैठक बस्ने भए पनि यो बैठक बिना एजेण्डा बोलाइएको छ । ‘खास निर्णय हुन सक्छ’ एक मन्त्रीले भने ‘महत्वपुर्ण निर्णय हुन सक्ने भएकाले होला, कुनै जानकारी गराइएको छैन ।’
प्रधानमन्त्री ओलीले नायाँ अध्यादेश अनुसार आइतबार संवैधानिक परिषदको समेत बैठक बोलाएका छन् । उक्त बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटाले नजाने संकेत गरीसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको