June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

बुटवलमा थप २ संक्रमितको मृत्यु

 बुटवल – बुटवलस्थित कोरोना अस्पतालमा थप २ संक्रमितको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । उनका अनुसार वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।

दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।



शीर्ष समाचार

धेरै पढिएको