September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

वर्षामा सौन्दर्यलाई जोगाइराख्न अपनाउनुस् यस्तो उपाय

मनसुनको मौसममा हरेक युवतीले आफ्नो झोलामा पाँच चिजहरू अनिर्वाय बोक्नुपर्छ । यहाँ केही उपायहरु प्रस्तुत गरिएको छ जसले वर्षामा तपाईंको सौन्दर्यलाई जोगाइराख्न सघाउँछन्-

वाटरप्रुफ आइलाइनरः बर्खा याममा पानीका कारण आफुले लगाएको आइलाइनर बग्न सक्छ जसले अनुहारको चमक नै हराएर जान्छ। त्यसैले बजारमा वाटरप्रुफ गाजल या स्मज फ्रि जेल लाइनर पाइन्छ । यि प्रोडक्ट हल्का लगाउनुहोस् जस्ले तपाईको अनुहारको चमक हराउनबाट बचाउँछ ।

पाउडरः मनसुनमा पानी परि रहने हुनाले फाउन्डेसन लगाउदा अनुहार बिग्रँदै जाने सम्भावना बढी हुन्छ। फाउन्डेसनको सट्टा पाउडर प्रयोग गर्नुहोस् जसले गर्दा अनुहारको लुक्स नै बद्लेर राम्रो लुक्स देखाउँछ ।
फेसवासः यो मौसममा गर्मी हुने कारणले गर्दा अनुहारमा पसिना उत्तिकै आउँछ । यसैले बाहिर घुमेर फर्किएपछि एक पटक अनुहार सफा गर्नैपर्छ । फेसवास प्रयोग गर्दा एन्टी–ब्याक्टेरियल गर्नु लाभदायक हुन्छ ।

वेट वाइप्सः अफिसमा रहँदा सँधै अनुहार धुन सम्भव नहुन पनि सक्छ । यस्तो बेला वेट वाइप्सको जरुरी पर्छ । यसकारण अल्कोहलमुक्त एन्टी ब्याक्टेरियल वाइप्स ब्यागमा बोक्नुहोस् । बजारमा भिटामिन सी, एलोवेरा र गुलाव जलयुक्त वेट वाइप्स पाइन्छन् । यस्ता वेट वाइप्सले अनुहार सफा राख्नेमात्रै होइन चमक पनि दिन्छ ।
छाताः मनसुन मौसममा ब्यागमा राख्न छुटाउनै नहुने चिज हो छाता । जसले तपाईं र तपाईंको मेकअपलाई सुरक्षित राख्न सघाउँछ । आफुले लगाएको पहिरन अनुसारकै छाता ओड्दा आफ्नो गेटअप राम्रो देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको