April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

संक्रमण नियन्त्रणको तयारीमा स्थानीय प्रशासन, सिरहामा २६ शय्याको आइसोलेशन निर्माण

लहान–बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ। जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

बढ्दो कोरोना संक्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद पनि सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँडेलले बताए।

यस्तै, भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाइ छ । कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत अपेक्षाकृतरूपमा पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँडेलको भनाइ छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख  रुपैयाँ माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँडेलले बताए।

 डिसीसीएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख, सिआइसीटी मोबिलाइजेशन शीर्षकमा १० लाख, अत्यावश्यक औषधि खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न ७ लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरेको जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको