April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

नयाँ दिल्लीमा सार्वजनिक पार्कमा अस्थायी शवदाह स्थल निर्माण

काठमाडाैं–काेराेना महामारीका कारण तिब्र गतिमा मानिसहकाे मृत्यु हुन थालेसँगै अन्तिम सस्कारका लागि घाटमा स्थान अभाव भएकाे छ। नियमित घाटमा स्थान अभाव भएसँगै दिल्लीमाअस्थायी शवदाह गृह निर्माण गरिएकाे छ।

महामारीकाे दाेस्राे लहरले मृत्युकाे तथ्यांकमा वृद्धि गराएपछि दिल्ली सरकारले सार्वजनिक पार्कलाई शवदाह स्थलकाे रुपमा परिणत गरेकाे हाे। दिल्लीमा पछिल्ला दिनमा दैनिक तीन सय भन्दा धेरै मानिसकाे मृत्यु भइरहेकाे छ।

संक्रमण बढ्ने दरमा कमी नआएकाले मेडिकल अक्सिजन, केयर युनिट र अन्य जीवन रक्षक औषधिकाे  समेत अभाव  हुन थालेकाे छ ।

भारतमा केही दिनमै १० लाख मानिसमा संक्रमण पुष्टि भइसकेकाे छ। याे संख्या मंगलवार अन्य दिनभन्दा कमी आएकाे थियाे। साेमबार ३ लाख ५२ हजार ९९१ जनामा संक्रमण पुष्टि भएकाे थियाे भने मंगलवार ३ लाख २३ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएकाे थियाे।

शीर्ष समाचार

धेरै पढिएको