August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

निषेधाज्ञाको निर्णयसँगै एकै दिनमा १४ हजारले गरे आन्तरिक हवाई यात्रा

काठमाडौं– कोरोना रोकथामका लागि भन्दैै बिहीबारबाट काठमाडौं उपत्याकामा १५ दिन निषेधाज्ञा जारी हुँदै छ। निषेधाज्ञा जारी हुने भएपछि काठमाडौं छोड्न र कामका लागि काठमाडौं आउने हवाई यात्रुको संख्यामा उल्लेख वृद्धि आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार मात्रै १४ हजार ७ जनाले हवाई यात्रा गरेको छन्।

कार्यालयका अनुसार आन्तरिक हवाई उडानतर्फ यो अहिलेसम्मकै धेरै यात्रु हो। यसैगरी बुधबारका लागि आन्तरिक उडानतर्फ १ सय ४७ उडान तय भएको विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए।

बिहीबारबाट भने बुकिङ घटेको एयरलाइन्स कम्पनीहरुले जनकारी दिएका छन्।

निषेधाज्ञा जारी भएपछि यात्रु स्वत: घटने विकानस्थलको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको