August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

अविश्वास प्रस्तावबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो स्थायी समिति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउसो ३ बजे बैठक बोलाइएको हो ।

सरकारलाई दिएको समर्थन फिर्ता, कोभिड महामारीलगायतका विषय छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा नेपाली कांग्रेससँग भईरहेको पछिल्लो छलफलबारे समिक्षा हुनेछ ।

जनाइएअनुसार एक÷दुई दिनभित्रमै अविश्वासको प्रस्ताव ल्याउनेबारे कांग्रेस र माओवादीबीच छलफल भईरहेको छ । दुवै पार्टीले जसपाको निर्णयलाई पर्खिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको