March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

निषेधाज्ञाको निर्णयसँगै उपत्यकाबाट बाहिरिए एकैदिनमा ५० हजारभन्दा बढी

काठमाडौं – निषेधाज्ञाको निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ । वैशाख १६ गतेदेखि एक साता लामो निषेधाज्ञा गर्ने निर्णयसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार सोमबार (हिजो) एकैदिनमा विभिन्न नाकाबाट ५० हजार ४५६ यात्रु उपत्यकाबाट बाहिरिए । सोही अवधिमा ४१ हजार ४२० जना उपत्यका भित्रिएका थिए ।

सो क्रममा ७ हजार ९ सय साना–ठूला सवारी बाहिरिएका छन् भने ७ हजार ६३७ सवारी उपत्यका भित्रिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको