April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, लकडाउनको निर्णय हुन सक्ने

काठमाडौं–काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठक बस्दै छ। काठमाडौं, भक्तपुर तथा ललितपुरमा  सक्रिय संक्रमितको संख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो।

काठमाडौंको सीडीओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ। आजको बैठकले बढ्दो संक्रमण रोक्न उपत्यकामा केही दिनका लागि लकडाउनकाे निर्णय गर्न सक्ने बताइएको छ।  

सक्रिय संक्रमितको संख्या उच्च रहेको र जोखिम बढ्दै गएकाले उपत्यकाका सबै जिल्लामा लकडाउन गर्ने या नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले बताए।

समग्र उपत्यकालाई एकै स्थानमा राखेर लकडाउन हुन सक्ने उनले बताए। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ सयभन्दा धेरै रहेको उनको भनाइ छ। यो संख्या सिसिएमसीले तोकेको मापदण्ड भन्दा धेरै हो।

कोभिड १९ को संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको