August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

२४ घण्टामा थपिए ३१२२ संक्रमित, २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन परीक्षणमा ३१२२ मा कोरोना संक्रमण देखिएको हो ।

आज थपिएका ३१२२ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ११९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४५० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ४५० जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ । निको हुनेको यो संख्या ९२.५ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । आज थपिएका २८ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजास ३८२ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ६९ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको