August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

२५७२ विन्दुमा पुग्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । यो दिन नेप्से परिसूचक झण्डै ३ प्रतिशतले घटेर २५७२ विन्दुमा पुगेको छ । यस दिन २.८६ प्रतिशत अर्थात् ७५.८१ अंकले घटेर २५७२ विन्दुमा कारोबार बन्द भएको हो ।

त्यस्तै, नेप्से परिसुचक घटेपनि कारोबार रकम भने गत साताको तुलनामा केहि सुधार आएको छ । गत बिहीबार करिब ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आज ७ अर्ब २८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको