August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

माधव नेपाल पक्षको रिट पेशीमा

काठमाडाैं– एमालेका वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले हालेको रिटमा सर्वोच्चले पेशी चढाएको छ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानको एकल इजलासमा उक्त निवेदनको पेशी तोकिएको छ। नेकपा (एमाले)भित्रको आन्तरिक विवादमा अन्तरिम आदेश जारी माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका चार नेताले औपचारिक रूपमा रिट दायर गरेका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको मुद्दामा गरेको फैसलापछि ब्युँतिएको एमालेभित्रको कारबाही श्रृंखला रोक्न माग गर्दै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सर्वोच्च अदालत पुगेका थिए।

यसअघि राप्रपा, नेपाली कांग्रेसलगायत पार्टीको विवाद सर्वोच्च पुगेका थिए। तत्कालीन समयमा आधिकारिकता विवाद थियो भने यो कारबाहीको अधिकारसम्बन्धी विवाद रहेको छ। नेपाल पक्षले दायर गरेको रिटमा नेपालसहित २७ जनामाथि गरिएको ‘कथित कारबाही’ बमोजिम राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम आयोग र संसद सचिवालयमा सूचना दिन लागिएकोले त्यस प्रकारका काम कारबाही रोक्न आवश्यक भएको दाबी गरिएको छ।

कारबाही भएमा निवेदक तथा निवेदकले प्रतिनिधित्व गर्ने जनताको संविधान बमोजिमको प्रतिनिधित्व समेत शून्य हुने भएकोले त्यस्ता सबै काम कारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ। उनीहरूले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरलले फागुन २८ गते करिब एकै प्रकारको ‘कथित स्पष्टीकरण’ माग गरेको दाबी रिटमा गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको