April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

गण्डकीमा विपक्षी दलको संयुक्त बैठक बस्दै

काठमाडौं– सरकारविरुद्ध एक स्थानमा उभिएका गण्डकी प्रदेशका विपक्षी दलको बैठक आज बस्दै छ।  सोमबार सुरु हुने संसदको विशेष अधिवेशनमा  अविश्वासको प्रस्ताव पारित गराउने विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले बताए।

शनिबार सम्पन्न कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको छलफलले तय गरेका विषयलाई निष्कर्षमा पुर्याउन आज पुनः राष्ट्रिय जनमोर्चासमेत चार दलको  बैठक बस्न लागेको उनले जानकारी दिए।

आजको बैठकले विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने तथा अविश्वासको प्रस्तावलाई कसरी पास गराउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

पछिल्लो समय तीन सांसद रहेको राजमोका संसदीय दलका नेता कृष्ण थापा कम्युनिस्ट सरकारको पक्षमा रहेकाले गण्डकीमा अविश्वासको प्रस्ताव पास नहुने सम्भावना देखिएको छ। 

राजमोका अध्यक्ष चित्रबहादुर केसीले आजै पोखरामा पुगेर दलका सांसदसँग छलफल गर्ने कर्यक्रम रहेको छ। केही आन्तरिक कुरामा विमति देखिए पनि अविश्वासको प्रस्ताव पास हुने थापाले बताए। 

 

शीर्ष समाचार

धेरै पढिएको