April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

पाकिस्तानको होटलमा बम विस्फोट हुँदा चारको मृत्यु, ११ घाइते

काठमाडौं– पाकिस्तानको क्वेटास्थिति एक होटलमा बम विस्फोट हुँदा कम्तीमा चार जना मारिएका छन्। 

सेरेना होटलको कार पार्किङमा गरिएको उक्त आक्रमणमा परी ११ जना घाइते भएका छन्।

उक्त हमला पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको समाचारमा उल्लेख छ ।

चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको अवस्थामा विष्फोट भएकाले उनीलक्षित हुन सक्ने अनुमान गरिएको हो । यद्यपि विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन्।

आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ।

उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्लो केही समयदेखि अफगानिस्तानसँगको सीमा नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण गर्दै आएका छन्।

शीर्ष समाचार

धेरै पढिएको