August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

फ्लोएडको हत्यामा संलग्न प्रहरी दोषी ठहर

काठमाडाैं–अघिल्लो वर्ष मारिएका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा प्रहरी अधिकारी देरेक साउभिन दोषी ठहर भएका छन्।

अमेरिकी अदालतले उक्त हत्यामा संलग्न भएको आरोप लागेका प्रहरी अधिकारीलाई दोषी ठहर गरेको हो। उनीमाथि गैरन्यायिक हत्याको आरोप लगाइएको थियो।

अफ्रिकी मुलका नागरिक फ्लोएडको गत वर्ष मे २५ तारिखमा अमेरिकाको मिनियापोलिस शहरमा हत्या गरिएको थियो। लामो बहसपछि न्यायाधशीहरुले प्रहरी अधिकारी साउभिनमाथि लगाएका सबै अभियोगमा दोषी ठहर गरेको हो।

दोषी करार गरिएका प्रहरी अधिकारीलाई लामे समय कैद सजाय हुन सक्नेछ। यद्यपि, अन्तिम सजाय सुनाउन भने बाँकी छ। पछिल्लो फैसलाको अमेरिकाभर स्वागत गरिएको छ।

यो सुनवाइलाई अमेरिकी इतिहासमै सर्वाधिक महत्वका साथ हेरिएको थियो।

फ्लोएडले २० डलरको नक्कली नोट दिएको आरोप एक जना पसलेले लगाएपछि प्रहरी अधिकारी साउभिनले उनलाई पक्राउ गर्ने बहानामा घोप्टो पारी घाँटीमा घुँडाले थिचेर अठ्याउँदा उनको मृत्यु भएको थियो ।

यस घटनापछि अमेरिकाभर जातीय विभेदविरुद्ध व्यापक प्रदर्शन भएको थियो।

शीर्ष समाचार

धेरै पढिएको