मौसम : अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौं– आज अपराह्नपछि देशका केही पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहान देशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ।
राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
प्रतिकृया दिनुहोस्