August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलीय बैठक बोलाएका छन्।

उनी आफैंले अन्य दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका हुन्।

मुलुकमा देखापरेका विभिन्न समस्यामाथि छलफल गर्ने उद्देश्यले बोलाइएको बैठक बालुवाटारमा बस्ने बताइएको छ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, जारी संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायत विषयमा छलफल हुने सल्लाहकार थापाको भनाइ छ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफैंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको