नेकपा अध्यक्ष ओली र दाहालबीच विवाद: दोस्रो तहका नेताहरु समाधान गर्न सक्रिय
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढेपछि समाधानका लागी दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । कृषीमन्त्री समेत रहेका स्थायी समिति सदस्य घनश्याम भुसालको निवासमा शुक्रवार जम्मा भएका युवा नेताहरुले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर छन् भने अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा अर्को पक्ष अर्कोतिर छन् ।
पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो विवादलाई संकेत गर्दै विहिवार पार्टी विभाजन हुन सक्ने अभिव्यक्ति दिएपछि दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका हुन् ।
शुक्रवारको वैठकमा प्रधानमन्त्री ओली,अध्यक्ष प्रचण्ड र नेपाल निकट युवा नेताहरुको संयुक्त वैठक बसेको हो । बैठकमा टोपबहादुर रायमाझी,जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शक्ति वस्नेत, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, विष्णु रिमाल र मणि थापा सहभागी थिए ।
उनिहरुले तत्काल पार्टी एकतालाई जोगाउनुपर्ने र नेताहरुबीच संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । नेताहरुले एक अर्कालाई दोषारोपण गर्ने काम भएको भन्दै उनिहरुले युद्धविराम गर्नुपर्ने र सहमतीका साथ अघि बढने सहमति समेत गरेका छन् ।
उनिहरु तत्काल पार्टीलाई एकतावद्ध बनाउने र पछि महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्नेमा सहमत समेत भएका छन् ।
प्रतिकृया दिनुहोस्