भारतको कानपुरमा ८ प्रहरी मारिए
काठमाडाैं – भारतको उत्तरप्रदेश कानपुर जिल्लामा अन्धाधुन्ध गोली प्रहारबाट ८ सुरक्षकर्मीको मृत्यु भएको छ ।
प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई समात्न पुगेको प्रहरीमाथि गाेली प्रहार भएको थियो। प्रहरीले घटनास्थल नियन्त्रणमा लिइसकेको छ भने छानविन सुरु भएको जनाइएको छ। भारतीय समाचार एजेन्सी एएनआइले मृत्यु हुनेमा एक सहायक एसपी समेत रहेको जनाएको छ ।
घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरु गाउँमा सो घटना भएको बताइएको छ । प्रहरीले विशेष सूचनाका आधारमा एक घरमा छापा मार्न जानेक्रममा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ ।
घरभित्र र छतबाट गोली प्रहार भएपछि प्रहरीमा ठुलो क्षति भएको बताइएको छ । प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्