August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

एक सातामा थपिए तीन हजार कोरोना संक्रमित

काठमाडौं- नेपालमा बुधबार, एकैदिन ६ सय ३ जना कोरोना संक्रमित भेटिए। यसअघि चैत ३१ गते ५ सय १७ जना संक्रमित भेटिएका थिए। कोरोना संक्रमितको संख्या हाल दैनिक बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो। गएको सातामा मात्र २ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको छ। 

कुन दिन कति संक्रमित भेटिए ?
चैत २६ – ३३२ 
चैत २७ – २८८
चैत २८ – ३३७
चैत २९ – ३०३
चैत ३० – ५५९
चैत ३१ – ५१७
वैशाख १ – ६०३

शीर्ष समाचार

धेरै पढिएको