लुम्बिनीमा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी
काठमाडौं– नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्। दुई दलबीच अविश्वासको प्रस्तावको विषयमा छलफल भइरहेको लुम्बिनी प्रदेशका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए।
केही दिनमै अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको उनको भनाइ छ। ‘वर्क आउट हुँदै छ, उनले भने, ‘आज नै अविश्वासको प्रस्ताव दर्ता हुँदैन।’ सरकार बाहिरका दलहरुबीच आन्तरिक छलफल तीव्र भएको उनले जानकारी दिए।
कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा सहमति जुटेसँगै दुबै प्रदेशमा अविश्वासको प्रस्तावको तयारी गरिएको हो। गण्डकीमा भने आजै अविश्वासको प्रस्ताव दर्ताको तयारी छ।
लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
प्रतिकृया दिनुहोस्