August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

वायु प्रदूषण्को प्रभाव देखिए पनि मौसम सफा रहने

काठमाडाैं–जल तथा मौसम विज्ञान विभागका अनुसार आज वायु प्रदूषण्को प्रभाव देखिए पनि मौसम भने सफा रहनेछ। 

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा अन्य भू–भागमा मौसम सफा रहेको विभागको भनाइ छ। 

दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने विभागको दाबी छ।  अपराह्नतिर देशका पहाडी भू–भागका केहीै स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ।

आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। 

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ।

 

शीर्ष समाचार

धेरै पढिएको