August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

पोखरा घोषणापत्र जारी गर्दै सकियो मेयर सम्मेलन, विकासमा सहकार्य गर्ने निर्णय

कास्की–पोखरामा जारी ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन  १६ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भउको छ। पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख १ गते सञ्चालन भएको सम्मेलनले स्थानीय तहकासमस्था तथा आगामी रणनीतिसम्बन्धी घोषणा पत्र जारी गरेको हो।

स्थानीय तहको निर्वाचनपछिको अवधिका सिकाइ, समस्या र आगामी योजनाबारे छलफल गरी आगामी दिनमा के कस्ता रणनीति अपनाउने भन्ने विषयमा घोषणापत्र जारी गरिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए।

सम्मेलनबाट जारी घोषणापत्रलाई देशका ७५३ वटै पालिकामा इमेलमार्फत पठाएर सुझाव सङ्कलन गरी यही वैशाख १० गते अन्तिम रूप दिइने उनको भनाइ छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’को आधारशीला तयार गर्ने आधिकारिक निकाय स्थानीय तह भएकाले  पालिकाको आपसी सहकार्य, समन्वयात्मक अन्तर आबद्धतालाई नियमित गर्दै सहकार्य गर्न अवसर सिर्जना गर्दै अगाडि बढ्ने प्रतिबद्धता सम्मेलनबाट लिइएको छ।

सम्मेलनले स्थानीय विकासका मुद्दाहरुलाई प्राथामिकीकरण गरी नागरिकको गुणस्तरीय, आत्म सम्मानित र पहिचानसहितको  जीवन सुनिश्चित गर्न नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न जोड दिएको छ। 

जारी घोषणपत्रमा पालिकाहरुको शासकीय क्षमता अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने संयन्त्रको विकास गर्ने, संविधानप्रदत्त अधिकार क्षेत्रहरुमा हुने सबै प्रकारका हस्तक्षेपलाई अस्वीकार गर्र्ने उल्लेख छ।

पालिकाहरुलाई परनिर्भर बनाउने प्रदेश तथा सङ्घीय कार्यक्रमहरु निरुत्साहित गर्ने, सङ्घीयताको सबलीकरणका लागि स्थानीय तथा प्रदेश तहमा भएका र विस्तार गर्ने सङ्घीय सरकारका सबै निकायलाई स्थानीय तथा प्रदेशस्तरमा समावेश गर्न सङ्घीय सरकारसँग माग गर्ने जारी घोषणपत्रमा उल्लेख छ।

यसैगरी विकासलाई जनमैत्री र परिणाममूलक बनाउन भूगोलमा गरिने विकास बजेट पालिकामा नै पठाउन माग गर्ने र स्थानीय पालिकाको समन्वयबिना सङ्घ तथा प्रदेश सरकारका विकास कार्यक्रमहरुलाई निरुत्साहित गरिने उल्लेख छ। 
भ्रष्टाचार उन्मूलनका लागि शून्य सहनशीलता अपनाउन साझा संयन्त्र विकास गर्ने, पालिकाहरुलाई वातावरण मैत्रीपालिकाका रूपमा विकास गर्न विद्युतीय सवारी साधन, केवलकार र छोटो दूरीको सवारी साधनका रूपमा साइकललाई प्रवद्र्धन गर्न जोड दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको