August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

२०७७ साललाई निरर्थक हुन दिएनौं : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साललाई निरर्थक हुन नदिएको दाबी गरेका छन्।

बुधबार देशबासीको नाममा सम्बोधन गर्दै उनले गएको वर्षलाई हामीले सफलताकै वर्ष मान्नुपर्ने बताए।

काठमाडौंमा मेलम्चीको पानी ल्याएकोउनले चर्चा गरे। साथै, कोभिड महामारीमा पनि जनताको जीवनलाई प्राथमिकता दिएको उनले बताए। ‘२०७७ कोभिडको महामारी भए पनि केही राजनीतिक अस्वस्थता देखापरे पनि गएको वर्ष पनि निरर्थक वर्ष रहेन’, उनले भने।

उनले यस वर्ष हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण बाटोतिर फर्काउन सफल भएको समेत बताए।

राज्यशक्तिको स्रोत हिंसा होइन, जनताको मत भएको चर्चा उनले गरे।

गएको वर्ष आफूहरुले नयाँनयाँ काम गरेको उनले  बताए। ‘गएको वर्ष केही मात्रै नयाँ सभागृह थिए। यस वर्ष धेरै सभागृह बने,’ उनले भने।

शीर्ष समाचार

धेरै पढिएको