April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

एमसिसीलाई तुरुन्तै संसद्को बिजनेस बनाउन खगराज अधिकारीको माग

काठमाडौं– नेकपा एमालेका सांसद् खगराज अधिकारीले एमसिसीलाई तुरुन्त संसद्को बिजनेस बनाउन माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै अधिकारीले एमसिसीलाई कति वर्षसम्म लड्काउने हो भन्दै प्रश्न गरे। कार्यव्यवस्था परामर्श समितिको बैठकमा अन्य विषयमा कुराकानी हुने गरेको भए पनि एमसिसीको विषय भने नहुने गरेको उनको भनाइ छ।

दुई चार वर्षै भयो, एमसिसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो। आज त्यो थन्को लागेर तपाईं (सभामुख) समक्ष छ। अरुअरु विषाय त कहिलेकाहीँ कार्यव्यवस्थामा पनि कुरा हुन्छ। यो एमसिसीलाई राष्ट्रिय हित अनुकूल बनाइन्छ, सत्ता बाहिर हुँदा। सत्ताको निम्ति यसलाई जुवाको खालमा राखेझैं गरिन्छ, अधिकारीले भने ।

शीर्ष समाचार

धेरै पढिएको