August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

जसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं–पछिल्लो समय सरकार गठनको केन्द्रमा रहेको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक बस्दै छ। 

पछिल्लो राजनीतिक घटना क्रमसँगै अन्य दलले गरेको संयुक्त सरकार गठनको प्रस्तावका विषय छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो। 

सोमबार दिउँसो २ बजे पार्टी कार्यलय बालकुमारीमा बस्ने बैठकमा हालको राजनीतिक घटना तथा संयुक्त सरकार गठनका लागि नेपाली कांग्रेसले गरेको सत्ता साझेदारीको विषयमा छलफल हुने बताइएको छ।

हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र तथा जसपा नेतालाई भेटी संयुक्त सरकार गठनको प्रस्ताव गरेका थिए। 

शीर्ष समाचार

धेरै पढिएको