August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

थप ३०३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ लाख ८० हजार

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार २८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ। हाल देशभर २ हजार ९६१ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको