August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

‘हामी तीन भाइ’ नामको फिल्म पुन: बन्‍ने

काठमाडाैं- ‘हामी तीन भाइ’ नामको फिल्म पुन: बन्‍ने भएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्‍ने उक्त फिल्ममा सलोन बस्‍नेत, शिशिर राणा, विकास चापागाईं, सदीक्षा पाण्डे, नरेन्द्र केसी लगायतको भूमिका रहने बताइएको छ।

फिल्ममा मुख्य कलाकार भने छनोट हुन बाँकी छ। ‘हामी तीन भाइ’ नामको फिल्म यसअघि नै बनिसकेको थियो। शिव रेग्मीले निर्देशन गरेको उक्त फिल्ममा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीले मुख्य भूमिका निर्वाह गरेका थिए। त्यही नाममा दोस्रोपटक फिल्म बन्‍न लागेको हो।

अब बन्‍ने हामी तीन भाइलाई साजित महतले निर्माण गर्ने छन्। फिल्ममा हिमाल केसीको द्वन्द्व, नरेन्द्रकुमार सिंहको छायांकन, श्यामकृष्ण मानन्धरको संगीत रहेको छ। मनिष गौतम र रिवाज दाहालले संयुक्त रुपमा यो फिल्म लेखेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको