April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

२४ घण्टामा देशैभरी थपिए २८८ कोरोना संक्रमित, १२७ निको

काठमाडौं –पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ७१ नमुना परीक्षणमा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौंमा ११७, कास्कीमा ३३, रुपन्देहीमा १६, सुर्खेतमा १३, दाङमा १४ र ललितपुरमा ९ जना रहेका छन् ।

आज थपिएका २८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । निको हुनेको यो दर ९८ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या २६१५ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ८४ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ६ हजार २४४ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको